बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स देउः बैंकर्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स देउः बैंकर्स



काठमाडाै ६ जेठ । बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने आवाज बलियो बन्दै गएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव माग्दै सोमबार आयोजना गरेको अन्तरकृयामा नेपाल धितोपत्र बोर्ड तथा नेपाल बैंकर्स संघका अधिकारीहरुले नीतिगत व्यवस्था गरि बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनु पर्ने बताएका छन।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव माग्दै सोमबार आयोजना गरेको कार्यक्रममा धितोपत्र बोर्डका तर्फबाट अन्तरकृया कार्यक्रममा पुगेका धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ट पौडेलले पुंजी बजार बिकास तथा बिस्तारका लागि नीतिगत व्यवस्था गरि बैंकहरुलाई सेयर दलाल अनुमति दिन आग्रह गरे। ‘बैंकलाइ धितोपत्र दललाको काम दिएको खण्डमा मुलुकभर सेयरबजार विस्तार हुन्छ’ उनले भने।

त्यस्तै अन्तरकृया कार्यक्रममा बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गर्न राष्ट्र बैंकसंग आग्रह गरे।

प्रकाशित : ६ असार २०७४, मंगलवार ०५:५८