सुन र चाँदीको मूल्य घट्यो, आज तोलाको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन र चाँदीको मूल्य घट्यो, आज तोलाको कति ?



काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। आज सुनकाे मूल्य ताेलामा २ हजार १ सय रुपैयाँ र चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो।

पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। महासंघका अनुसार आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो।

मूल्य घटेपछि आज चाँदी प्रतितोला ५ हजार २ सय ३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार २ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित : 5 June, 2026 11:11 am