यी ६ सहकारीलाई १५ दिनभित्र भवन खाली गर्न महानगरको अल्टिमेटम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यी ६ सहकारीलाई १५ दिनभित्र भवन खाली गर्न महानगरको अल्टिमेटम



काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहकारी सङ्घ–संस्थाले बहालमा प्रयोग गर्दै आएका घर, कोठा तथा फ्ल्याट खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाको न्यायिक समितिबाट यसअघि भएका घर, कोठा तथा फ्ल्याट खाली गर्ने निर्णयहरूको कार्यान्वयनका क्रममा सहकारी संस्थासँग सम्बन्धित संरचनाहरूको विषयमा गत जेठ १३ गते बसेको कार्यान्वयन समितिको बैठकले आवश्यक निर्णय गरेको हो।

निर्णयअनुसार सम्बन्धित सहकारी सङ्घ–संस्थाका पदाधिकारी (सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति), कर्मचारी तथा सदस्यहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौँ महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

महानगरपालिकाले तोकिएको समयसीमाभित्र सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार सहकारी संस्थाले बहालमा प्रयोग गर्दै आएका घर, कोठा तथा फ्ल्याट खाली गर्ने प्रक्रिया अगाडि बढाइने जनाएको छ।

त्यसैगरी, खाली गराउने क्रममा सहकारी कार्यालयमा रहेका सामग्रीहरू सम्बन्धित घरधनीको जिम्मामा बुझाइने र त्यसपछि ती सामग्रीसम्बन्धी कुनै दाबी–विरोध स्वीकार नहुने पनि सूचनामा स्पष्ट गरिएको छ।

प्रकाशित : 4 June, 2026 2:42 pm