अप्पर स्याँङ्गेको १५.६३ लाख कित्ता शेयरको लकइन असार २१ मा सकिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अप्पर स्याँङ्गेको १५.६३ लाख कित्ता शेयरको लकइन असार २१ मा सकिँदै



काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीको स्वामित्वमा रहेको १५ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि आगामी असार २१ गतेबाट समाप्त हुने भएको छ।

कम्पनीका अनुसार संस्थापक समूहको १३ लाख ३० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको २ लाख २० हजार कित्ता तथा कर्मचारीतर्फको १३ हजार कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो। लकइन अवधि समाप्त भएसँगै यी शेयरहरू दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।

प्रचलित व्यवस्था अनुसार कुनै कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गरी शेयर बाँडफाँड गरेको मितिबाट तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीका नाममा रहेको शेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था बमोजिम अप्पर स्याँङ्गे हाइड्रोपावरको उक्त शेयरको लकइन अवधि अब समाप्त हुन लागेको हो।

लकइन अवधि सकिएसँगै बजारमा थप शेयर आपूर्ति बढ्ने भएकाले यसले कम्पनीको शेयर कारोबारमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित : 3 June, 2026 12:23 pm