माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, तपाईंले कति कित्ता पाउनुभयो? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, तपाईंले कति कित्ता पाउनुभयो?



काठमाडौं । सोलुखुम्बुस्थित माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको प्राथमिक सेयर ९आईपीओ० बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले आज बिहान उक्त आईपीओ बाँडफाँड प्रक्रिया पूरा गरेको हो।

कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका का स्थानीयका लागि कुल ८ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा अति प्रभावित र प्रभावित वर्गलाई छुट्टाछुट्टै प्राथमिकतामा बाँडफाँड गरिएको छ।

अति प्रभावित वर्गतर्फ १५० कित्तासम्म आवेदन दिने लगानीकर्ताले मागअनुसार नै सेयर प्राप्त गरेका छन्। त्यसभन्दा बढी आवेदन दिनेले पनि १५० कित्ता नै पाएका छन्। साथै, गोलाप्रथामार्फत २९२ जनाले थप १० कित्ता सेयर प्राप्त गरेका छन्, जसअनुसार यस वर्गमा अधिकतम १६० कित्तासम्म सेयर परेको देखिन्छ।

त्यस्तै प्रभावित वर्गमा ६० कित्तासम्म आवेदन दिनेले मागअनुसार नै सेयर पाएका छन् भने बढी आवेदन दिनेले पनि ६० कित्ता नै प्राप्त गरेका छन्। गोलाप्रथाबाट १ हजार ७७७ जनाले थप १० कित्ता पाएपछि यस समूहमा अधिकतम ७० कित्तासम्म सेयर परेको छ।

स्थानीय बाँडफाँड सम्पन्न भएपछि कम्पनी अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारीमा छ। कम्पनीले गत वैशाख १७ गतेदेखि वैशाख ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो ।

प्रकाशित : 3 June, 2026 12:03 pm