काठमाडौँ ४ असार । कारोबार को पहिलो दिन आज आइतबार नेप्से १३ दशमलव ६१ अंकले ओरालो लागेको छ। आइतबार कारोबारमा आएका सबै समुहले गुमाएका छन् । आइतबार कारोबारमा आएका १४३ कम्पनीको ८ लाख ४३ हजार ९ सय १२ कित्ता सेयर बाट ५९ करोड ३३ लाख ८८ हजार ९२ रुपैयाको कारोबार भएको छ ।
आइतबार जलविधुत समुहले सबै भन्द धेरै गुमाएको छ। आइतबार जलविधुत समुह ३१ दशमलव २८ अंकले ओरालो लागेको छ । आइतबार होटल समुह १८ दशमलव ३६ अंकले , बैकिंग समुह १७ दशमलव ४ अंकले, इन्स्योरेन्स समुह १४ दशमलव ७४ अंकले, विकास बैँक समुह १० दशमलव ९३ अंकले, उतपादनमुलक समुह ८ दशमलव ७३ अंकले अन्य समुह १ दशमलव ७४ अंकले र फाइनान्स समुह ० दशमलव ८५ अंकले ओरालो लागेको छ।
Comment