सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान



काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो।

यस पुनर्जागरण अभियान ज्येष्ठ ११ गते देखी ३१ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ।

संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुबिधा लिई व्यतित बीमालेख नबिकरण गरि मौकाको फाईदा लिन कम्पनीले अनुरोध गरेको छ ।हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ। ग्राहकले संस्थाको देशैभरि रहेका १६८ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यम हरूबाट यस योजनामा सहभागी हुन सक्नेछन् ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

प्रकाशित : 25 May, 2026 4:05 pm