गरिमाको असार १८ देखि ३ लाख ४५ हजार कित्ता सेयर लिलामीमा आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमाको असार १८ देखि ३ लाख ४५ हजार कित्ता सेयर लिलामीमा आउँदै



काठमाडौँ २ असार ।गरिमा विकास बैंकको असार १८ देखि ३ लाख ४५ हजार ९१८।६६ कित्ता सेयर लिलामीमा आउने भएको छ । गरिमाले संस्थापक समूहको ९ हजार ८४७।१२ कित्ता र सर्वसाधारण समूहको ३ लाख ३६ हजार ७१ ।५४ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने असार २३ गते सम्म तोकिएको छ । यसअघि गरिमाले बैशाख २४ देखि जेठ १७ सम्म ९० लाख ७६ हजार २९६।६६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

यो लिलामीमा एस क्यापिटल लिमिटेड लालकोलनी मार्ग लालदरवार काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । बोलपत्र असार २५ गते एस क्यापिटल लिमिटेड लालकोलनी मार्ग लालदरवार काठमाडौंमा खोलिनेछ । गरिमाको यस लिलामीमा बिक्री प्रबन्धकको काम एस क्यापिटलले गर्दैछ । चालु आर्थिक वर्षको तेस्र्रो त्रैमास सम्ममा गरिमाको चुक्ता पुँजी १ अर्ब २९ करोड ६६ लाख १३ हजार रुपैयाँ रहेको छ । बैंकले तेस्रो त्रैमामा २४ करोड ८५ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ १७ पैसा छ ।

प्रकाशित : २ असार २०७४, शुक्रबार ०६:०८