काठमाडौँ १ असार । कारोबार को अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ । बिहिबार नेप्से ५ दशमलव १ अंकले उकालो लागेको हो। १५सय ८४ मा खुलेको नेप्से १५सय ८९ मा पुगेर बन्द भएको छ। बिहिबार अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन ।
बिहिबार होटल समुहले सबै भन्द धेरै कमाएको छ । बिहिबार होटल समुह १९ दशमलव ८८ अंकले उकालो लागेको छ। बिहिबार विकास बैँक समुह ११ दशमलव ४५ अंकले, इन्स्योरेन्स समुह ११ दशमलव ३४ अंकले, उतपादनमुलक समुह ८ दशमलव १८ अंकले, बैकिग समुह ५ दशमलव ५७ अंकले, फाइनान्स समुह ३ दशमलव ४१ अंकले, र जलविधुत समुह १ दशमलव ४४ अंकले उकालो लागेको छ।
बिहिबार अन्य समुह भने २ दशमलव ८९ अंकले ओरालो लागेको छ।
बिहिबार कारोबारमा आएका १५१ कम्पनी बाट ११ लाख १८ हजार ७ सय ५९ कित्ता शेयरबाट ६७ करोड ३८ लाख ६८ हजार ३२ रुपैयाको कारोबार भएको छ ।
१ असार २०७४, बिहीबार ०९:३८
Comment