काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेवालाई थप प्रभावकारी बनाउन आगामी साउन १८ गतेदेखि आफ्ना विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालयहरूलाई नजिकका शाखाहरूमा समायोजन गर्ने भएको छ ।
यस प्रक्रिया अन्तर्गत चितवनको हाकिमचोक शाखालाई नारायणगढमा र काठमाडौंको बालाजु शाखालाई गोंगबुमा गाभिनेछ । त्यस्तै, खुसीबुलाई डल्लु, कलंकीलाई स्वयम्भु, कोटेश्वरलाई नयाँ बानेश्वर र ठमेल शाखालाई दरबारमार्ग शाखामा समायोजन गरिने बैंकले जनाएको छ ।
गण्डकी प्रदेशको लामाचौर शाखा बगरमा र मधेश प्रदेशको वीरगञ्ज लिंकरोड शाखा आदर्शनगर शाखामा समाहित हुनेछन् । शाखा समायोजन भए तापनि ग्राहकहरूले तोकिएको नजिकको शाखाबाट बिना झन्झट सम्पूर्ण बैंकिङ सुविधाहरू निरन्तर प्राप्त गर्न सक्ने बैंकले स्पष्ट पारेको छ ।






Comment