काठमाडौं । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी को अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहेका छन्।
सरकारले प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङ्गसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी राय–सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई जिम्मेवारी दिएको जनाएको छ।






Comment