नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु



काठमाडौं । मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन्।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णयहरु :

– नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।

– विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।

– सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ र योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।

– भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।

प्रकाशित : 13 May, 2026 12:48 pm