हिमालयन बैंकद्धारा असहाय बालबालिकालाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन बैंकद्धारा असहाय बालबालिकालाई सहयोग



काठमाडौं,३१ जेठ  । हिमालयन बैंक लिमिटेडले बुढानीलकण्ठ–६, टुसालस्थित ‘नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ’ का बालबालिकाहरुलाई सहयोग गरेको छ ।बैंकले सहयोग स्वरुप बाल सुधार संघमा रहेका अट्ठाईस जना बालबालिकाहरुलाई विद्यालय पोशाक तथा जुत्ता प्रदान गरेको छ । बैंकको उक्त सहयोग आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको जनाएको छ ।उक्त सहयोग बैंकका प्रमुख व्यवस्थापक बिपिन हाडाले बालबालिकाहरुलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित : ३१ जेष्ठ २०७४, बुधबार ०७:४२