सीईओ पाण्डेको राजीनामाबारे फैलिएको समाचार भ्रामक : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सीईओ पाण्डेको राजीनामाबारे फैलिएको समाचार भ्रामक : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ले आफ्ना प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको राजीनामासम्बन्धी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले जारी गरेको विज्ञप्तिमा उक्त समाचारहरू भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको स्पष्ट पारिएको छ। बैंकका अनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डे हाल पनि आफ्नो जिम्मेवारीमा सक्रिय रहँदै बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा संलग्न छन्।

बैंकले बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि आधिकारिक स्रोतबाट पुष्टि गर्न सम्पूर्ण सञ्चारमाध्यम तथा सरोकारवालासँग आग्रह गरेको छ।

साथै, बैंकले ग्राहक, शेयरधनी तथा आम सर्वसाधारणप्रतिको विश्वास र प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रवाहमा निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित : 11 May, 2026 5:19 pm