नेप्सेमा हरियाली, ३८ अंकले बढ्दा कारोबार ४ अर्बमाथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेप्सेमा हरियाली, ३८ अंकले बढ्दा कारोबार ४ अर्बमाथि



काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेको छ । यो वृद्धि १.३९ प्रतिशतको हो ।

आज बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेसँगै नेप्से पूरै हरियाली बनेको हो । कारोबार रकम पनि उल्लेख्य रहेको छ । दिनभरमा ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

नेप्सेका अनुसार आज ३३२ वटा कम्पनीको शेयर कारोबार भएकोमा २४७ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, १८ कम्पनीको शेयर मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज कुल ६८ हजार ४४४ पटक शेयर किनबेच भएको थियो ।

प्रकाशित : 11 May, 2026 3:07 pm