काठमाडाै ३१ जेठ ।नबिल बैंक र फिनलिट नेपाल प्रालिले लमजुङको बेँशीसहरका १० स्कुलमा आर्थिक साक्षरता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेका छन। बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनी र फिनलिट नेपालका सञ्चालक प्रकाश कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

विद्यालयमा अध्ययनरत विद्यार्थी तथा उनीहरुका बाबु(आमालाई नगद ब्यवस्थापन, बचत तथा खर्च, आर्थिक योजना र लगानी सम्बन्धी सिद्धान्त बारे सिकाउन आर्थिक शिक्षा सम्वन्धी ढाँचाको तर्जुमा गरिएको छ उनले जानकारी दिए। ‘स्कुल बैंक’को पाठ्यक्रमको अवधी सात महिनाको रहेको छ।
फिनलिट नेपालसँग सम्झौता गर्दै बैंकका नायब महाप्रबन्धक लोहनीले फिनलिट बेँशीसहरमा आर्थिक साक्षरता अभिबृद्धि कार्यक्रमका लागि बैंकले योगदान गर्न पाएकोमा खुसी व्यक्त गरे। फिनलिट नेपालका सञ्चालक कोइरालाले युवा एवं विद्यार्थीहरुमा आर्थिक सचेतना अभिबृद्धि गर्न नबिल बैंकको सहयोगले आफुलाई झनै उत्साहित बनाएको बताए।
Comment