राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान



काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान गरिएको छ।

सरकारले गठन गरेको सिफारिस समितिले प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्ािन गरेको हो। योग्य उम्मेदवारले आउँदो जेठ ९ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दरखास्त ललितपुरको पुल्चोकस्थि प्राधिकरणको कार्यालयमा पेस गर्नुपर्नेछ।

Esewa
Crest

अध्यक्षका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधिक हासिल गरेको हुनुपर्नेछ।

त्यस्तै नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सोसरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष कार्य गरेको हुनुपर्नेछ।

विज्ञ सदस्यका लागि पनि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधिक हासिल गरी अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १० वर्ष कार्य गरेको हुनुपर्नेछ। दुवै पदका लागि ६० वर्ष उमेर नपुगेको हुनुपर्नेछ।

प्रकाशित : 10 May, 2026 1:31 pm