बेनी हाइड्रोपावरको आयोजना प्रभावितलाई आईपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बेनी हाइड्रोपावरको आयोजना प्रभावितलाई आईपीओ बाँडफाँड



काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ।

कम्पनीले आयोजना प्रभावितलाई १० लाख ४० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये अति प्रभावितलाई ५ लाख २० हजार कित्ता, प्रभावितलाई ३ लाख १२ हजार कित्ता र न्यून प्रभावितलाई २ लाख ८ हजार कित्ता छुट्याइएको थियो। जसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो।

बिक्री अवधिभर अति प्रभावित क्षेत्रबाट २ हजार ८३९ जनाले ९ लाख ५८ हजार ४१० कित्ताका लागि, प्रभावित क्षेत्रबाट ६ हजार ३४९ जनाले ८ लाख ४० हजार ८९० कित्ताका लागि र न्यून प्रभावित क्षेत्रबाट २१ हजार ९४५ जनाले १३ लाख १३ हजार ४२० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए।

प्रकाशित : 7 May, 2026 12:26 pm