समस्याग्रस्त १० सहकारीका ठूला ऋणीको नाम सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समस्याग्रस्त १० सहकारीका ठूला ऋणीको नाम सार्वजनिक




संघीय सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ।


समितिले समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो। अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको विवरण पनि क्रमशः सार्वजनिक गरिने समितिले जनाएको छ।


समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतमश्री सहकारी तथा नेपाल सहकारी वित्तीय संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो।


समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह गरेको छ। अन्यथा कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।

प्रकाशित : 7 May, 2026 3:50 am