सागर ढकाल दोस्रो उच्च मतसहित कार्यकारिणी समिति सदस्यमा निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थतन्त्र

सागर ढकाल दोस्रो उच्च मतसहित कार्यकारिणी समिति सदस्यमा निर्वाचित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को हालै सम्पन्न निर्वाचनमा वस्तुगत समूहबाट सागर ढकाल दोस्रो उच्च मत प्राप्त गर्दै कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित हुनुभएको छ। निजी क्षेत्रको प्रतिनिधित्व गर्ने यस महत्वपूर्ण जिम्मेवारीमा उहाँको विजयलाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिएको छ।

निर्वाचनमा प्राप्त व्यापक समर्थनप्रति आभार व्यक्त गर्दै नव-निर्वाचित सदस्य ढकालले सम्पूर्ण आदरणीय वस्तुगत अध्यक्षज्यूहरू तथा प्रतिनिधिज्यूहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले यो जनसमर्थनलाई निजी क्षेत्रप्रतिको विश्वासको रूपमा लिँदै आगामी दिनमा अझ जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

“यहाँहरूले दिनुभएको अमूल्य मत र विश्वासले मलाई अझ जिम्मेवार बनाएको छ। दोस्रो उच्च मतसहितको यो समर्थनले मेरो कर्तव्यबोधलाई अझ बलियो बनाएको छ। म FNCCI मार्फत निजी क्षेत्रका मुद्दाहरूलाई सशक्त रूपमा उठाउनेछु र व्यवसायमैत्री नीति निर्माण, लगानी प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारका लागि धेरै काम गर्नेछु,” ढकालले बताउनुभयो।

उहाँले उद्योग–व्यवसायमैत्री वातावरण निर्माण, नीति सुधार, सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि, लगानीको वातावरण सहज बनाउने तथा उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिने बताउनुभयो। साथै, साना तथा मझौला उद्यम (SMEs) लाई सशक्त बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रका साझा आवाजलाई मजबुत बनाउनेतर्फ पनि आफ्नो भूमिका केन्द्रित रहने उल्लेख गर्नुभयो।

ढकालले आफ्नो कार्यकालमा FNCCI लाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी संस्थाको रूपमा अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्रकाशित : २३ बैशाख २०८३, बुधबार १२:४७ 6 May, 2026 12:47 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।