सेबोनले धितोपत्र बजार प्रदर्शनी आयोजना गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेबोनले धितोपत्र बजार प्रदर्शनी आयोजना गर्ने



काठमाडौं ३० जेठ।नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको पूँजीबजार सम्बन्धि प्रदर्शनी आयोजना गर्ने कार्ययोजना बनाएको छ । बोर्डले आफ्नो स्थापनाको २५ बर्ष अर्थात रजत जयन्तीको अवसरमा दुईदिने धितोपत्र बजार प्रर्दशनी आयोजना गर्ने कार्ययोजना सार्वजनिक गरेको हो ।

बोर्डले सो प्रदर्शनी कहिले गर्ने भन्ने बारेमा भने मिति तय भईनसकेको जनाएको छ । बोर्डले धितोपत्रबजार सम्बन्धी विविध विषयमा ज्ञान प्रदान गर्न वजार सहभागीहरुको संयुक्त आयोजनामा २ दिने धितोपत्र बजार प्रदर्शनी आयोजना गरिने बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनीमा नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकर, सेयर दलाल व्यवसायी, सूचिकृत कम्पनी, लगानीकर्ता, संचारमाध्यम लगायतको सहभागिता रहने बोर्डले जनाएको छ ।

 

प्रकाशित : ३० जेष्ठ २०७४, मंगलवार ०७:४८