नेफ्स्कुनसहित संघहरू प्रभावित, बचत तथा ऋण कारोबारमा सरकारको रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेफ्स्कुनसहित संघहरू प्रभावित, बचत तथा ऋण कारोबारमा सरकारको रोक



काठमाडौं । सरकारले नेफ्स्कुन लगायत सहकारी संघलाई बचत तथा ऋण कारोबारमा रोक लगाएको छ । सरकारले अध्यायदेश मार्फत सहकारी ऐनको संशोधन गर्दै संघहरूलाई आगामी ३ वर्षभित्र कारोबार बन्द गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संघहरूले बचत तथा ऋणको कारोबार गर्न सक्ने छैनन्,’ अध्यादेश मार्फत थप गरिएको छ ।

तर, यो उपदफा प्रारम्भ हुँदाका बखत बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संघहरूले यो उपदफा प्रारम्भ भएको मितिले तीन वर्षभित्र उक्त कारोबार बन्द गर्नुपर्ने व्यवस्था थप गरेको हो

प्रकाशित : 30 April, 2026 9:43 pm