महिला नेतृत्व सम्मेलन बैशाख २१ गते विराटनगरमा, दिगो समृद्धि र नवप्रवर्तनमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

महिला नेतृत्व सम्मेलन बैशाख २१ गते विराटनगरमा, दिगो समृद्धि र नवप्रवर्तनमा जोड



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को वमन लिडरसिप फोरमले महिला नेतृत्व सम्मेलन आयोजना गर्ने भएको छ। यहि बैशाख २१ गते कोशी प्रदेशको विराटनगरमा आयोजना गरिने भएको हो।

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिकासँगको सहकार्यमा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेशको संयुक्त आयोजनामा राष्ट्रिय स्तरको वमन लिडरसिप समिट २०२६ यही बैशाख २१ गते कोशीको विराटनगरमा आयोजना गरिने भएको छ । सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ। सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीले गर्ने बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो।

“दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तनू मुख्य विषय रहेको यस सम्मेलनमा महिला नेतृत्व विकास क्षमता अभिबृद्धि, स्थानीय कृषि, सीप, नवप्रबर्तन तथा उद्यमशीलता प्रबर्द्धन तथा वर्तमान एवं सफल व्यवसायिक उदाहरणहरूमा केन्द्रित तथा उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी हुनेछ।

सम्मेलनको आकर्षणहरूमा महिला उद्यमीहरूको प्रेरणादायी सफलता कथा प्रस्तुती, फोनपे सहित डिजिटल नवप्रवर्तन सम्बन्धी छलफल, स्वदेशी वस्तुहरुको प्रर्दशनी, उद्यमी, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारहरूबीच नेटवर्किङ रहेका छन्।

यस सम्मेलनले कोशी प्रदेश तथा नेपालभरका महिला उद्यमीहरू, नीति निर्माता, विकास साझेदार, वित्तीय संस्था तथा उद्योगी व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्ने सीएनआईले जनाएको छ।

प्रकाशित : 30 April, 2026 5:51 pm