गोल्छाको पक्राउ प्रति नाडाको चिन्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

गोल्छाको पक्राउ प्रति नाडाको चिन्ता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) नेपालले उद्योगी शेखर गोल्छा पक्राउ परेको विषयमा चिन्त व्यक्ति गरेको छ ।

नडाले प्रेस विज्ञप्ती जारी गर्दै गोल्छालाई पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन नाडाले आग्रह गरेको छ ।

‘दोषी प्रमाणित नभएसम्म उहाँ जस्तो प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यवसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको पनि दायित्व हो’, नडाले भनेको छ, ‘अनुसन्धानमा उहाँले पूर्ण सहयोग गर्नेमा समेत हामी विश्वस्त छौँ ।’

निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउँदै मुलुकको आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न नाडा नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

गोल्छाको पक्राउले उद्योगी व्यवसायीा नकारात्मक सन्देश गएको नडाको भनाई छ ।

‘गोल्छाले समग्र निजी क्षेत्रलाई नयाँ दिशा दिन र मुलुकको आर्थिक विकासमा अतुलनीय योगदान पुर्याउनु भएको छ’ नाडाले विज्ञप्तीमा भनेको छ, ‘यस्तो गरिमामय इतिहास बोकेको र देशकै ठूलो औद्योगिक घरानाको नेतृत्व गरिरहनु भएको व्यक्तित्व माथि गरिने कुनै पनि अन्यायपूर्ण व्यवहारले समग्र उद्योगी व्यवसायीहरूमा नकारात्मक सन्देश जाने हाम्रो ठम्याइ छ ।’
सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने कुरामा नाडा पूर्ण विश्वास राख्ने र राज्यले गर्ने अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्दै आएको आगामी दिनमा पनि गर्ने नाडाले बताएको छ ।

‘अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताहरूको आत्मविश्वासलाई खलल पुर्याउँछ’, नाडाले विज्ञप्तीमा भनेको छ, ‘निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी भित्राउनु पर्ने समयमा प्रतिष्ठित व्यवसायीहरूमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमा त्रासको वातावरण सिर्जना गर्नेछ ।’
यसले सरकारले अघि सारेको “लगानी मैत्री नेपाल” को नारालाई समेत कमजोर बनाउने नाडाको दाबी रहेको छ ।

अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको व्यवसायिक हकहित र सुरक्षाप्रति सधैं प्रतिबद्ध रहेको नाडाले बताएको छ । हालैका घटनाक्रम र हाम्रा पूर्व अध्यक्ष शेखर गोल्छाका सम्बन्धमा बाहिर आएका विषयहरू प्रति नाडा आफ्नो गम्भीर चासो र ध्यानाकर्षण प्रकट गरेको छ ।

गोल्छा नेपालको औद्योगिक एवं व्यवसायिक जगतका एक सम्मानित व्यक्तित्व भएको र नाडाको पनि सफल नेतृत्व गरेको नडाले स्मरण गरेको छ ।

प्रकाशित : १६ बैशाख २०८३, बुधबार १५:३२ 29 April, 2026 3:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।