काठमाडौं । रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना–२’ का इकाई सार्वजनिक बिक्रीका लागि खुला गरिने भएको छ।
योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरमा १० करोड इकाई (कुल १ अर्ब रुपैयाँ) निष्काशन गरिनेछ। जसमध्ये १५ प्रतिशत बीज पूँजीका रूपमा सुरक्षित गरिएको छ। बीज पूँजीमध्ये १४ प्रतिशत रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लाई र १ प्रतिशत रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेड लाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ।
इकाई बिक्री वैशाख २९ गतेदेखि सुरु भई छिटोमा जेठ १ र ढिलोमा जेठ १२ गतेसम्म खुला रहनेछ। लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्।
१० वर्षे अवधिको यस योजनामा सि–आस्वा सदस्य बैंक तथा मेरो शेयर मार्फत आवेदन दिन सकिनेछ भने बाँडफाँडपछि नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत गरी दोस्रो बजारमा कारोबार गरिनेछ।






Comment