संस्थागत सुशासन विवादबीच सीडीएससी सीईओ प्रन्दाक पदच्युत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

संस्थागत सुशासन विवादबीच सीडीएससी सीईओ प्रन्दाक पदच्युत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत प्रवीण प्रन्दाकलाई पदबाट हटाउने निर्णय गरेको छ। साथै उनलाई पुनः नेप्सेमै फिर्ता बोलाउने प्रक्रिया अघि बढाइने भएको छ।

नेप्सेको सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

प्रन्दाकलाई २०८१ साल पुस १४ गते चार वर्षे कार्यकालका लागि सीडीएससीको सीईओ पदमा नियुक्त गरिएको थियो। तर नियुक्ति भएदेखि नै उनको चयन प्रक्रिया र कार्यशैलीलाई लिएर विवाद रहँदै आएको थियो। उनलाई संस्थागत सुशासनको सिद्धान्त विपरीत नियुक्त गरिएको भन्दै विभिन्न पक्षबाट आलोचना पनि हुँदै आएको थियो।

नेप्सेको पछिल्लो निर्णयसँगै अब उनलाई सीडीएससीबाट हटाएर नेप्सेमै फिर्ता बोलाउने औपचारिक प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रकाशित : 24 April, 2026 5:53 pm