काठमाडौँस्थित सानिमा बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सशक्त वित्तीय प्रदर्शन देखाएको छ।
बैंकको खुद नाफा ४२.२ प्रतिशतले वृद्धि भई २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। साथै, प्रतिसेयर आम्दानी १६.३३ रुपैयाँबाट बढेर २२.९२ रुपैयाँ पुगेको छ भने इक्विटीमा प्रतिफल १०.३५ प्रतिशतबाट १३.१३ प्रतिशतमा पुगेको छ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ बराबरको खुद कर्जा तथा सापटी परिचालन गर्दै ८.२५ प्रतिशतको कर्जा विस्तार गरेको छ। पूँजी सुदृढीकरणका लागि बैंकले २ अर्ब रुपैयाँ बराबरको प्रिफरेन्स सेयर पनि जारी गरेको छ।
बैंकको टियर १ पूँजी पर्याप्तता १०.०३ प्रतिशत र कुल पूँजी पर्याप्तता १३.१६ प्रतिशत रहेको छ, जसले जोखिम वहन क्षमतामा मजबुती देखाउँछ।
समग्रमा, कर्जा विस्तार, नाफा वृद्धि र पूँजी सुदृढीकरणसँगै सानिमा बैंकले स्थिर र सकारात्मक वित्तीय गति कायम राखेको देखिन्छ।






Comment