भट्ट प्रकरणमा गोल्छाको संलग्नता खुल्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भट्ट प्रकरणमा गोल्छाको संलग्नता खुल्दै



व्यवसायी दीपक भट्टसँग सम्बन्धित शेयर कारोबार प्रकरणमा उद्योगी शेखर गोल्छा पनि मुछिएका छन्। यस प्रकरणको अनुसन्धानका क्रममा उनी हाल प्रहरीको निगरानीमा रहेको जनाइएको छ। केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसी का अनुसार उनलाई अहिलेसम्म पक्राउ गरिएको छैन।

नेपाल धितोपत्र बोर्डका अनुसार हिमालयन सेक्युरिटिजमा हिमालयन रिइन्स्योरेन्सको ७५ प्रतिशत, दीपक भट्टको ७ प्रतिशत तथा शेखर गोल्छाको २.५ प्रतिशत शेयर स्वामित्व रहेको छ।

त्यसैगरी, हिमालयन इन्भेष्टमेन्ट बैंकिङ संस्थामा भट्टकी पत्नी आयुष्मा नेपालको ८.२५ प्रतिशत शेयर हिस्सा रहेको बोर्डले जनाएको छ। उक्त संस्थाले ‘एचएलआई लार्ज क्याप फण्ड’ नामक सामूहिक लगानी कोष सञ्चालन गर्दै आएको छ।

हिमालयन रिइन्स्योरेन्सले बोर्डमा पेश गरेको विवरणअनुसार भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्ग्स प्रालिको ४.५ प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै, गोल्छा सञ्चालक रहेको हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको २० प्रतिशत हिस्सा रहेको पनि खुलेको छ।

प्रकाशित : 23 April, 2026 1:46 pm