मिसनको साधारण सभा असार २६ मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिसनको साधारण सभा असार २६ मा



काठमाडौँ २९ जेठ । मिसन डेभलपमेन्ट बैंकले असार २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा बैंकले चुक्ता पुँजीको २२% बोनस सेयर र यसमा लाग्ने कर तिर्न २२ लाख ५७ हजार २६।३२ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसनमा जानु परे सम्पूर्ण कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि साधारण सभामा पेस गरिँदैछ । साधारण सभा गर्न बैंकले असार १५ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । साधारण सभा आम्रपाली कटेज एन्ड रेस्टुरेन्ट बुटवल–८, सुख्खानगर रुपन्देहीमा विहान ११ बजे सुरु हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मिसनको चुक्ता पुँजी १९ करोड ४९ लाख २५ हजार रुपैयाँ छ । बैंकले ५ करोड ६० लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ३८ रुपैयाँ ३६ पैसा छ ।

प्रकाशित : २९ जेष्ठ २०७४, सोमबार ०९:५३