काठमाडौं २९ जेठ।टुरिजम डेभलपमेन्ट बैंकले १००% हकप्रद भर्दा आफ्नो हकभन्दा बढी सेयर माग गर्ने आवेदककोे पैसा (चेक) फिर्ता दिन थालेको छ । आवेदन फारम बुझाएको संकलन केन्द्रमा गई भुक्तानी पूर्जा संकलन गर्न सक्नेछन् । बैंकले गत चैत १३ देखि बैशाख २६ गतेसम्म बिक्री खुला गरेको १००% हकप्रद सेयर सोमबार बाँडफाँट गरेको हो । कुल ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद बिक्री खुला गरिएकोमा रितपूर्वक आवेदन दिने ८४ लाख ९२ हजार ९७४ कित्ता हकप्रद सेयर बाँडफाँट गरिएको बैंकले जानकारी दिएको छ । यसमा कुल २२ हजार ८८० जनाले आवेदन दिएका थिए ।
12 June, 2017 7:01 am
Comment