काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक १३.१७ अंक घटेर २८२५.२३ विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक घटेको छ।
नेप्सेसँगै आजकारोबार रकम पनि घटेको छ। गत शुक्रबार ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३४९ कम्पनीको ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार रुपैयाँबराबरको १ करोड १६ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभल (१५ प्रतिशत) मा कारोबार भएको छ। त्यस्तै, झापा इनर्जीको शेयरमूल्य करिब १२ प्रतिशत बढेको छ भने रिज लाइन इनर्जीको शेयरमूल्य ११ प्रतिशत बढेको छ। कारोबारमा आएको दोल्टी पावर कम्पनीको शेयरमूल्य आज सर्वाधिक घटेको छ।
कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, सोलु हाइड्रोपावरको करिब ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ।






Comment