प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ४४ हजार १२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
संस्थापक शेयरधनी किरण देवी अग्रवालले ११ हजार ८७ कित्ता, विनोद थकालीले २ लाख कित्ता र दुर्गा बहादुर श्रेष्ठले ३३ हजार ३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका हुन्।

सो शेयर यसअघि नै बैंकका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिई ३५ दिन खरीदका लागि समयावधि दिइएकोमा शेयर बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरीदका लागि निवेदन दिनु पर्नेछ।

प्रकाशित : ६ बैशाख २०८३, आइतबार १३:४२ 19 April, 2026 1:42 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।