काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि चैत २३ गतेसम्म आयोजना प्रभावितका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख कित्ता शेयर बिक्री खुला गरेको थियो।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका आवेदकलाई आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो।






Comment