अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचित




काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् । शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो ।


उनी गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका थिए ।

प्रकाशित : 17 April, 2026 3:03 pm