खुद ब्याज आम्दानी घट्दा तेस्रो त्रैमाससम्म आरएसडिसी लघुवित्तकाे वित्तीय प्रदर्शन कमजोर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

खुद ब्याज आम्दानी घट्दा तेस्रो त्रैमाससम्म आरएसडिसी लघुवित्तकाे वित्तीय प्रदर्शन कमजोर



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय प्रदर्शनमा सामान्य गिरावट देखिएको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि कमी आएको हो।

समीक्षा अवधिसम्म संस्थाले ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ करोड ९८ लाख रुपैयाँको तुलनामा ६.०८ प्रतिशतले कम हो।

खुद ब्याज आम्दानीतर्फ संस्थाले १४ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको १७ करोड ९ लाख रुपैयाँको तुलनामा १३.६५ प्रतिशतले घटेको देखिन्छ। यसैगरी, खुद सञ्चालन आम्दानी पनि ६‍.४४ प्रतिशतले घटेर १३ करोड १० लाख रुपैयाँमा सीमित भएको छ।

संस्थाको वितरणयोग्य मुनाफा ५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ७.२३ प्रतिशत कायम भएको छ। रिटेन्ड अर्निङ अघिल्लो वर्षको ८ करोड ३४ लाख रुपैयाँबाट घटेर ५ करोड ६७ लाख रुपैयाँमा झरेको छ। तर, रिजर्भको आकार भने १८ करोड ३१ लाख रुपैयाँबाट बढेर १९ करोड २१ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा संस्थाले २ करोड १६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ। यससँगै खराब कर्जा अनुपात ३.१३ प्रतिशतबाट बढेर ३.४६ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)८.४६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५७८.०६ रुपैयाँ, पीई रेसियो ८२.९३ गुणा, तरलता अनुपात २०.१७ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२४.०७ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 17 April, 2026 1:58 pm