मुक्तिनाथ विकास बैंकको सीईओमा मानन्धर नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकको सीईओमा मानन्धर नियुक्त



काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनको नियुक्ति आउँदो जेठ १ गतेबाट लागू हुनेछ भने कार्यकाल ४ वर्षको हुनेछ। मानन्धर स्याङ्जाको हरिनास गाउँपालिकाका स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौंको टोखामा बसोबास गर्छन्।

हाल मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल रहेका छन्। उनको कार्यकाल यही वैशाख मसान्तबाट सकिनेछ।

प्रकाशित : 17 April, 2026 1:00 pm