काठमाडौं । सीमावर्ती क्षेत्रका नागरिकलाई अनावश्यकरुपमा बालेन सरकारले दुःख दिन थालेको भन्दै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले आपत्ति जनाएका छन् । नेता मिश्रले बालेन सरकार बनाउन अहोरात्र खट्ने मधेशले उपहार स्वरूप सीमावर्ती क्षेत्रको किसानले पाउनुपर्ने राहतलाई तस्करीमा परिणत गराउन तम्तयार भएको आरोप लगाएका हुन्।
सीमा क्षेत्रका नागरिकले भारतबाट एक रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्थाले सीमावर्ती क्षेत्रका जनता झन् मारमा पर्ने उनले बताएका छन् ।
उनले भनेका छन्, ‘सदियौंदेखि सिमावर्ती क्षेत्रको जनसमुदायले आफ्नो दिनचर्याका निम्ति थोरबहुत सामानहरू ल्याउने लैजाने गर्थे तथा भारतीय नम्बरप्लेटको गाडी राजमार्गसम्म र नेपाली नम्बरप्लेटको गाडी भारतीय रेलको प्लेटफर्मसम्म आवागमनमा सहजता दिइएको थियो । यसको कारण थियो नेपाल भारतको सम्बन्ध बिशिष्ट सांस्कृतिक सम्बन्ध हो ।’
सीमावर्ती क्षेत्रका हजारौ हजार परिवारले दुवै देशका विभिन्न गाउँहरूमा सामाजिक सम्बन्ध स्थापित गरेको र नेपाल भारतको सम्बन्ध बेटीरोटीको रहेको बताएका छन् ।
बालेन सरकारले एक सय रुपैयाँको सामानमा पनि भारतबाट ल्याउँदा भन्सार लागू गर्दा त्यहीं पार्टीबाट चुनावताका आफुलाई बाहुबली सरह प्रस्तुत हुने नेता चुसम्म पनि नबोली लुकी–लुकी बिरालो सरह बसेको उनको गुनासो छ ।
उनले ‘आश्चर्यको कुरा हो, मधेशबाट जनप्रतिनिधि भएको मान्छे मधेशमा केही दिनदेखि अनाहकमा भइरहेको उपद्रोलाई कसरि टुलुटुलु हेरिरहेका होलान रु’ भनी प्रश्न गरेका छन् । उनले मधेशीहरू बिना हातहतियार, बिना हिंसा सदियौंदेखि दसगजालाई रक्षा गर्दै आएको र गरिरहने जिकिर गरेका छन् ।
बिशिष्ट प्रकारको सम्बन्धलाई खलबलाउन, बिगार्न विगतमा पनि प्रयास भएको तर सफल हुन नसकेको दाबी गरे । उनले यस किसिमको कुचेष्टा जसले गरे आफै समाप्त भएर जाने चेतावनी पनि दिए ।






Comment