काठमाडौं । नेप्से सोमबार घटेर बन्द भएको छ। आज परिसूचक परिसूचक ४.१८ अंक घटेर २८३३.६० विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ र सेन्सेटिभ इण्डेक्स ०.४१ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात शुक्रबार ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज २७० कम्पनीको दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता शेयर ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यसैगरी आज सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज मेन्छियाम हाईड्रोपावर कम्पनीको शेयरमूल्य ९.०१ प्रतिशत बढेको छ । सोमबारको बजारमा कारोबारमा आएको युनिक नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक ३.६० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ९३ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावर डेभलपमेन्टको ४९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको ४५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।






Comment