एनएमबी बैंक एक करोड १४ लाख कित्ता एफपीओ ल्याउन पुग्यो धितोपत्र बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबी बैंक एक करोड १४ लाख कित्ता एफपीओ ल्याउन पुग्यो धितोपत्र बोर्ड



काठमाडौं, २८ जेठ  ।एनएमबि बैंक लिमिटेडले एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता थप नयाँ सेयर निष्काशन गर्ने भएको छ । एफपिओ निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले बोर्डमा गत जेठ २२ गते निवेदन दिएको हो ।

बैंकले संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न एफपिओ जारी गर्न लागेको हो । बैंकको गत पुषमा सम्पन्न २१ औँ साधारणसभाले थप नयाँ साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।  हाल बैंकको छ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको छ । एफपीओ जारी गरेपछि बैंकको पुँजीमा एक अर्ब १४ करोड रुपैयाँ थपिनेछ भने प्रिमियमवापतको रकम जगेडा कोषमा जानेछ । बैंकले प्रिमियम मूल्य निर्धारण गरेको छैन ।

एनएमबिको सेयर निष्काशन तथा विक्रीको प्रबन्ध मिलाउने जिम्मा नागरिक लगानी कोषले पाएको छ ।

 

प्रकाशित : २८ जेष्ठ २०७४, आईतवार ०८:४०