सिद्धार्थ बैंकले पासवर्ड रिसेट प्रक्रिया सरल बनायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकले पासवर्ड रिसेट प्रक्रिया सरल बनायो




काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई सहज बनाउन पासवर्ड रिसेट गर्ने प्रक्रिया थप सरल बनाएको छ। अब ग्राहकहरूले मोबाइल बैंकिङ एप वा अनलाइन प्लेटफर्ममा पासवर्ड बिर्सिएको अवस्थामा सजिलै नयाँ पासवर्ड सेट गर्न सक्नेछन्।


बैंकका अनुसार ग्राहकहरूले आफ्नै दर्ता गरिएको मोबाइल नम्बर र जन्ममिति प्रयोग गरेर पासवर्ड रिसेट गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि प्रयोगकर्ताले ‘Forgot Password’ विकल्पमा क्लिक गरी मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि प्रणालीले एक्टिभेसन कोड उपलब्ध गराउनेछ, जसलाई प्रयोग गरी एसएमएस मार्फत प्रमाणीकरण गर्नुपर्नेछ।
प्रमाणीकरण प्रक्रिया पूरा भएपछि ग्राहकले प्राप्त ओटीपी (OTP) कोड प्रविष्ट गरी आफ्नो खाता नम्बर राख्नुपर्ने हुन्छ। त्यसपछि जन्ममिति चयन गरेर नयाँ पासवर्ड तथा ट्रान्जेक्सन पिन सेट गर्न सकिनेछ।
बैंकले यो प्रणालीमार्फत ग्राहकलाई छिटो, सुरक्षित र सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ। डिजिटल सेवाको विस्तारसँगै यस्ता सुविधाले ग्राहकको समय बचत गर्नुका साथै बैंकिङ पहुँचलाई अझ सरल बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
थप जानकारीका लागि ग्राहकले बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित : 10 April, 2026 9:53 pm