उद्योग वाणिज्य महासंघद्वारा ‘इमान’ सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

उद्योग वाणिज्य महासंघद्वारा ‘इमान’ सम्मानित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)लाई सम्मान गरेको छ । २७औँ वार्षिक साधारणसभाको अवसरमा इमानलाई संस्थागत रुपमा महासंघले सम्मान गरेको हो ।

बुधबार काठमाडौंमा आयोजित भव्य समारोहकाबीच महासंघ अध्यक्ष ढकालले इमान अध्यक्ष रोयल आचार्यलाई सम्मान पत्र हस्तान्तरण गरे । सम्मान पत्र हस्तान्तरण गर्दै अध्यक्ष ढकालले आफ्नो कार्यकाल सफल बनाउन मिडियाको तर्फबाट भूमिका खेलेको भन्दै अध्यक्ष आचार्य र इमानलाई धन्यबाद समेत दिए ।

सम्मानपत्र ग्रहण पछि कार्यकाल दमदार रुपमा सम्पन्न गरेकोमा ढकाललाई बधाई दिए । समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरु हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, सुरकृष्ण बैद्यसहितले अध्यक्ष आचार्यमार्फत इमानलाई आभार व्यक्त गरेका थिए ।

इमानका कार्यबाहक महासचिव टंक कार्कीले सम्मानले इमानलाई थप हौसला मिलेको बताउदै महासंघ र इमानबीच आगामी दिनमा पनि सहकार्य जारी रहने बताए । कार्यक्रममा सहभागी इमानका कोषाध्यक्ष अमिर लामाले पनि इमानलाई महासंघले गर्दै आएको यस किसिमको सम्मानप्रति आभार व्यक्त गरेका थिए ।

महासंघ अध्यक्ष ढकालको कार्यकाल सकिनु अगाडि आयोजित सम्मान कार्यक्रममा इमानसहित नेपाल पत्रकार महासंघ, आर्थिक पत्रकार समाज, आर्थिक पत्रकार संघसहितका संस्थाहरुलाई संस्थागत सम्मान गरिएको थियो ।

प्रकाशित : २६ चैत्र २०८२, बिहिबार १९:२७ 9 April, 2026 7:27 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।