रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो :रुबीकुमारी ठाकुर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो :रुबीकुमारी ठाकुर



काठमाडौं । श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको लागि उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरले ठूलो जिम्मेवारी भएपनि आफूले पूरा गर्न सक्ने बताएकी छिन् ।


बिहीबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले कल्पना पनि नगरेको ठाउँमा पार्टी अध्यक्ष हर्क राईले पुर्याएको भन्दै खुसी व्यक्त गरिन् ।


उनले भनिन्,‘म एउटा भुँइमान्छेलाई पार्टीको अध्यक्षले यहाँसम्म पुर्याइदिनु भयो मैंले कल्पनापनि गरेको थिइन् । मलाई खुसी लागेको छ । अलि ठूलो जिम्मेवारी भयो ,तर म सक्छु ।’त्यस्तै उनले रास्वपाले आफूलाई समर्थन गरेर सरप्राइज दिएको धारणा राखिन् ।

‘रास्वपाले समर्थन गर्छ भनेर थाहा थिएन । म मधेसको छोरी हो । सबैजनाले मधेसको छोरीलाई समर्थन गर्नुभएकोमा धेरै–धेरै धन्यवाद दिन चाहन्छु,’उनले भनिन् ।

प्रकाशित : 9 April, 2026 5:02 pm