सन नेपाल लाइफको निमित्त सीईओमा फूयाँल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सन नेपाल लाइफको निमित्त सीईओमा फूयाँल



काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) मा कवि फूयाँल नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले फूयाँललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।

चैत १६ गते सोमबार कम्पनीका तत्कालीन सीईओ राजकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको थियो । अर्यालले आईपीओ अन्तर्गत कर्मचारीका लागि छुट्याइएको शेयरमा घोटला गरेको आरोपमा सीईबीले उनलाई पक्राउ गरेको थियो ।

उनी पक्राउ परेसँगै कम्पनीको सीईओ पद रिक्त रहेको थियो । हाल कम्पनीको नायब कार्यकारी अधिकृत समेत रहेका फूयाँललाई अर्काे निर्णय नभएसम्मका लागि निमित्तको भुमिकामा कम्पनी सञ्चालन गर्ने जिम्मेवारी दिइएको हो ।

प्रकाशित : 8 April, 2026 12:34 pm