काठमाडौं । फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ । पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई युट्युबमा एक करोड बढी भ्यूज प्राप्त भएपछि निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको दोस्रो गीत ‘मिठो संसार’ मा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रशंसा सुवेदी, बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन् ।
फिल्मका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर छ । गीतमा शब्द, सङ्गीत जयन जे वाइवाको रहेको छ ।
फिल्म ’लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष वैशाख १८ गतेलाई तय गरिएको छ ।
6 April, 2026 12:58 pm






Comment