काठमाडौं । आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ शैक्षिक सत्र वैशाख १५ गतेबाट सञ्चालनमा आउने जानकारी दिएका छन्।
यस निर्णयसँगै देशभरका विद्यालय तथा शैक्षिक संस्थाहरूले सोही मितिलाई आधार मानेर आफ्नो शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गर्ने अपेक्षा गरिएको छ।






Comment