महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आइतबार नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता भएको छ । आज भावी अध्यक्ष अन्जन श्रेष्ठ समूह वस्तुगत तथा एसोसियटको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको महिला सदस्य पदमा उम्मेदवारी दिर्ता गराएकी सुनिता नेमाफुकीले महिलाहरुको उपस्थिति संघहरुमा वृद्धि गर्नको लागि उम्मेदवारी दिएको बताइन् ।

उम्मेदवारी घोषणा गर्दै नेमाफुकीले नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत रहेको उल्लेख गर्दै महिला उद्यमशीलतालाई अझ व्यापक रूपमा बुझ्नुपर्ने आवश्यक्ता औंल्याइन् ।

उनले अहिलेसम्म महिला उद्यमशीलता भन्नाले साना स्तरका व्यवसायमा मात्र सीमित सोच रहेको भएपनि वर्तमान समयमा महिलाहरू सीईओदेखि बोर्डरुमसम्म सक्रिय रूपमा सहभागी भइरहेको बताइन् ।

उनले भनिन्, ‘नेपालमा ५१ प्रतिशत महिला हुनुहुन्छ । अहिलेसम्म महिला उद्यमशीलता भन्नाले साना स्तरका व्यवसायमा मात्र सीमित सोच रहेको भएपनि वर्तमान समयमा महिलाहरू सिइओदेखि बोर्डरुमसम्म सक्रिय रूपमा सहभागि भइरहेको छ । यो उपस्थितिलाई संघहरुमा पनि वृद्धि गर्नको लागि पनि मेरो उम्मेदवारी हो ।’

उनले यस बढ्दो सहभागितालाई संस्थागत रूपमा अझ मजबुत बनाउन आवश्यक रहेको जनाउँदै महासंघजस्ता छाता संगठनहरूमा महिलाको उपस्थिति वृद्धि गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारिन् ।

त्यस्तै, वस्तुगततर्फ उपाध्यक्षका उम्मेद्वार शिवप्रसाद घिमिरेले महिलाहरुका सन्दर्भमा आफूहरुसँग स्पष्ट एजेन्डा रहेको बताएका छन् ।

प्रकाशित : २२ चैत्र २०८२, आइतबार १२:५६ 5 April, 2026 12:56 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।