नेपालको व्यवसायिक जगतमा अनवरत रूपमा ४० वर्षदेखि सक्रिय रहेका दिल सुन्दर श्रेष्ठ केवल सफल व्यवसायी मात्र नभई समाज, शिक्षा, साहित्य र ब्यवसायिक क्षेत्रमा योगदान पुर्याइरहेका व्यक्तित्व हुन्।
चार दशकको व्यवसायिक जीवनमा उनी व्यक्तिगत लाभभन्दा बढी ‘समाज र मुलुकलाई हरतर्फ योगदान दिनुपर्छ’ भन्ने उद्देश्यका साथ अघि बढेका उनको चालिस बर्षे ब्यबसायिक र सामाजिक जीबनमा देख्न सकिन्छ । त्यसैले उनी केवल व्यक्तिगत स्तरमा सीमित नभई सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा साहित्यिक क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा काम गर्दै देश विकासमा योगदान दिँदै आएका ब्यक्तिव हुन ।
उनी , बुबा कृष्ण सुन्दर श्रेष्ठ र आमा कृष्ण प्यारी श्रेष्ठको कोखबाट २०१३ वैशाख १६ गते धुलिखेल, काभ्रेपलान्चोकमा जन्मिएका थिए ।
प्रारम्भिक विद्यालय शिक्षा पूर्वी पहाडी जिल्ला संखुवासभाबाट प्राप्त गरेका उनले आफ्नो जन्म दिने आमाबुबु प्रति सदैव गर्व व्यक्त गर्छन् । उनी भन्छन्, “मेरो हरेक पाइलामा सफलता पाउनमा मेरो अभिभावकले देखाएको सही बाटोको योगदान अमूल्य छ।”
उच्च शिक्षा हासिल गर्न काठमाडौं आएका श्रेष्ठले शंकरदेव कलेजबाट स्नातक तह पुरा गरेका छन् । व्यवस्थापन विषय अध्ययन गरेका र उनी लगनशील व्यक्तित्व र ब्यासाय प्रतिको लगाबको कारण भएका कारण उनले आफ्नो शैक्षिक योग्यतालाई व्यवहारमा परिणत गर्दै व्यवसायिक क्षेत्रमा लाग्ने निर्णय गरे।
व्यवसायिक जीबनका उकाली ओराली
ग्रामिण क्षेत्र उदयपुरको कटारीबाट व्यवसायिक जीवन प्रारम्भ गरेका उनी इन्टरप्राइजेज, बैंकिङ, टेक्सटाइल, समुन्द्रपार आयात–निर्यात र जलविद्युत क्षेत्रमा लगानी गरि आज राष्ट्रिय रुपमा स्थापित ब्यक्तिव्को रुपमा रहेका छन् उनले राष्ट्रिय रुपाम समुन्द्रपार आयात–निर्यात व्यवसाय सुरु गरेका उनी आज बहुक्षेत्रका स्थापित ब्यासायीका रुपमा आफ्नो परिचय बनाएका छन् ।
उनी अन्य ब्यासायिक क्षेत्रमाआफ्नो लगानि हुँदा हुँदै पनि नाफाको लागि मात्र नभएर स्रोत पनि आफनै साधन पनि आफनै र उपभोगकर्ता पनि स्वदेशी, दक्षजनशक्ति, श्रमिक लगायतका सम्पूर्ण व्यक्तिहरु पनि आफनै नेपाली दाजु भाइ भए सँगै उनले जलविद्युत क्षेत्रमा लगानी गरेको बताउन् ।
उनले आफ्नो प्रत्यक्ष नेतृत्वमा आर.एम. इन्भेष्टमेन्ट लिमिटेड स्थापना गर्न नेतृत्वदायी भुमिका निर्बाह गरे । यो समुह अन्तर्गत हाल करिब ६०० मेगावाट क्षमताका जलविद्युत परियोजना सञ्चालनमा छन् ।कति पय आयोजनाको ब्यसायिक उत्पाद सूरु भएको छ बने कति पय निर्माणको चरणाम रहेका छन् । यस समुहका परियोजनामा धुसाखोला हाइड्रोपावर (१५५ मेगावाट), बलेफि हाइड्रोपावर, बिन्धवासिनी हाइड्रोपावर र पिपल्स हाइड्रोपावर कम्पनी लगायत छन् ।
श्रेष्ठको व्यवसायिक जीबन गाऊ र शहर दुबै तिर सनानन्तर रुपमा बढाएका छन् । यसबाट उनी गाउँ–सहर दुवैको आर्थिक–सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले काम गरिरकेका छन् भन्ने देख्न सकिन्छ । यसैको ज्वलन्त उदाहरण २० वर्षअघि उनले आफ्नो नेतृत्वमा स्थापना गरेको अरनिको विकास बैंकलाई बुझ्न सकिन्छ । उनले स्थापना गरेको बैङकको केन्द्र कार्यलय र शाखा कार्यालय नै काठमाण्डौ बाहिर राखेका थिए । उनले त्यो समयमा बैङ्क बित्त संस्था नपुगको काभ्रे र सिन्धुलीलाई आफ्नो बैङ्को प्रमुख कार्यक्षेत्र बनाएर ग्रामीण क्षेत्रको वित्तीय पहुँच विस्तार र रोजगारी श्रजनाको लागि योगदान गरेका थिए । सो बैङक अहिले नेपाल राष्ट्र बैङ्को नीति अनुसार सेन्चुरी कमर्सियल हुँदै बैंकमा गाभिएको छ।
व्यवसायिक सिद्धान्त र जीवनशैली
सरल, सहज र विनम्र स्वभावका श्रेष्ठले कहिल्यै ब्यासायिक जीबन या ब्यक्तिगत जीबनमा दम्भ देखाएनन् आफुलाई भुई मान्छेको प्रतिनिधिको रुपमा स्थापित गरिरहेका छन् । उनी गाउँ–सहर सबैसँग सौहार्दपूर्ण सम्बन्ध राख्छन्। उनको सम्बन्ध यस्तो छ कि आजको दिनमा देशभरिबाट पनि नयाँ व्यवसाय सञ्चालन गर्नेदेखि ठूला व्यवसायीसम्म सबैले सल्लाह लिन उनीसँग आउने गरेका छन् ।
उनी नेपालको पुर्बी पहाडी जिल्ला उदयपुरको कटारीमा व्यावसाय गर्दा उनको सम्पक भएका र संगतमा आई उनको प्रभाबबाट ब्यासायी बनेका सोलु,खोटाङ, र ओखलढुंगामा सफल ब्यासायी बनेका कतिपय उदाहरण आजको दिनमा पनि जीबन्त रहेको देख्न सकिन्छ । उनको यो निरन्तरता आज पनि कायम छ उनको सँगतमा पुगेका र ब्यासाय गरेका कोहिपनि मानिस असफल बनेको छैन । उनी कसैपलाई पनि सानो ठुला व्यावहार गर्दैन समान ब्याहार गर्छन कसैले कुनै समस्या राखेमा यो मेरो पनि समस्या हो भनि समाधानको प्रयत्न गर्छन् ।
उनी आफुसँगै आफ्नो ठिमलाईनै सफल ब्यासायी बनाएका ब्यासायी हुन् , उनको ब्यासायमा सामुहिकाता देखिन्छ उनी भन्छन्, “जीवनमा कहिल्यै दम्भ र आडम्बर राख्नु हुँदैन, यसले आफैलाई हानी गर्छ।” उनको त्यही सरल स्वाभाव ब्यासायिक दक्षता मिजासिलोपनाको कारण उनी ब्यासायीक जीबन देखि नै ब्यासायीले बिस्वास गरेकै कारण नेतृत्वमा अनबरत रुपमा रहेका छन् । त्यसैको प्रतिफल स्वरुप आज उनी नेपालको स्थापित ब्यासायीहरुको साझा संस्था नेपाल उधोग बाणिज्य महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षको उमेद्वार बनेर देश ब्यापी रुपमा चुनावी अभियानमा ब्यस्त रहेका छन् ।
उनको व्यवसायिक दृष्टिकोण सधैं समुदायको आर्थिक–सामाजिक विकाससँग जोडिएको देखिन्छ। उनी गाउँ र शहरको समन्वयमा विकास हुनुपर्ने विश्वास राख्छन्।
उनको ब्यासायीक सफलता नेतृत्व कौशलता समन्यकारी भुमिकाका कारणधैभरि ब्यासायिक नेतृत्वको आँखामा पर्छन र ब्यासायीको निर्बाचनमा उनलाई आफ्नो समुहमा लिन प्रतिस्पार्धा नै चल्छ । उनी निस्वार्थ सहयोगी ब्यासायीका रुपमा चिनिन्छन।
कुनैपनि ब्यासायीले आफ्नो वा संस्थाको समस्याको बारेमा सहयोग मागेमा राज्य तहमा आफ्ना कुरा पुर्याउने र सामधा गराउने बिषय जुनसजुकै कुरामा सहज रुपमा उपस्थित भएर काम गर्ने उनको परिचय हो । उनको यहि सरलपान, सहयोगी भावना आफ्ना र ब्यासायका कुरा जुन सुकै तह र ब्याक्तिमा पुर्याउन सक्ने क्षमताका कारण जिल्ला नगरका ब्यासायीको पहिलो रोजाईमा उनी पर्ने गरेका छन् ।
उनी राष्ट्रिय उध्यमीका रुपमा स्थापित रहँदा पनि उनले ४० बर्ष अघि आपूलाइ ब्यासायीको नेतृत्वमा स्थापित गराएको पृष्ठभुमि जिल्ला नगर उधोगीका नेताका रुपमा पहिचान कायम राक्दै नेतृत्व गरिरहेका छन् । बिगतमा पनि उनी नेपाल उधोग बाणिज्य महासंघको नेतृत्वमा आउदा जिल्ला नगरको प्रतिनिधिको रुपमा आउने गरेका छन ।
सामाजिक जीवन,साहित्यिक क्षेत्र र पत्रकारिता
श्रेष्ठले समाजसेवा र साहित्यमा पनि योगदान दिएका छन् । उनले ४० को दशकमा नेपालमा लोकप्रिय स्थापित साहित्यिक पत्रिका गरीमा त्रैमासिक पत्रिकाको प्रकाशक सम्पादक भएर काम गरेका छन् जुन पत्राक आजपनि उत्तिकै स्थापित रहेको छ ।
उनि यहि साहित्य र पत्रकारिताको लगाबकै कारण नेपालको स्थापित साहित्यकार पारिजात को योगदानलाई जीबनत राख्न र समाजमा साहित्यको प्रभाब बिस्तार गर्न स्थापित संस्था पारिजात स्मृति प्रतिष्ठानको महासचिव भएर भुमिका निर्बाह गरेका छन् , उनको सामाजिक जीबन र समाजसेबा पनि उत्तिकै लगाव रहेको छ । त्यसैको उनी फलस्वरुप रोटरी क्लब धुलिखेलको अध्यक्ष (२००७–२००८) भएर सामज सेबाको काम गरेका उनी आज पनि उत्तिकै सेवाभावका साथ सक्रिय रहेका छन् , उनी सामाजिक र आर्थिक जीबनमा मात्र सितित ब्यतिव्व नभएर शिक्षप्मी पनि हुन उनको शिक्षा प्रतिको लगाब त्ततिकै रहेको छ ।
उनी स्थानिय देखि राष्ट्रिय स्तरमा शिक्षामा चासो राख्छन उनलाई शिक्षाप्रेमी भनेरपनि चिनिन्छ उनले शिक्षा क्षेतर्मापनि योगदान गरेका छन् उनले काभ्रेको धुलिखेलमा रेको संजीवनी क्याम्पसको अध्यक्ष भएर आप्नो सफल कार्यकार पुरा गरेका छन उनको शिक्षा प्रतिको लगानी आजपनि उत्तिकै रहेको छ । उनलाई समाजमा हुने जुनसुकै संघसंस्थाको नेतृत्व लिइदिन अनुरोध गर्छन । उनी बिगत लामो समय २०५९ सालदेखि जेष्ठ नागरिक सेवा केन्द्र (बृद्राश्रम) को नेतृत्व आजपनि गरिरहेका छन् । शिक्षा र समाजप्रति उनी अत्यन्तै संवेदनशील र समर्पित छन्।






Comment