जनता बैंकको सिइओमा पर्शुराम कुँवर नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकको सिइओमा पर्शुराम कुँवर नियुक्त



काठमाडौ २६ जेठ ।जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बैंकर पर्शुराम कुँवर क्षेत्री नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले बिहीबार चार बर्षका लागि कुँवरलाई नियुक्त गरेको हो।
तात्कालिन ग्रान्ड बैंकबाट राजीनामा दिएपछि क्षेत्री तीन बर्ष देखि बैंकिङ बाहिर थिए। स्ट्यान्डर्ड चार्टर्ड (तात्कालिन ग्रिन्डलेज) बैंकबाट करियस सुरु गरेका क्षेत्रीले वित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकमा काम गरेका थिए। त्यसपछि उनी सिटिजन्स बैंक इन्टरनेशनलको महाप्रवन्धक नियुक्त भए।
उनी तात्कालिन बैंक अफ एसियाका संस्थापक सिइओ थिए। बैंक अफ एसियालाई एनआइसी बैंकसँग मर्जरको बाटो खुलाइदिन उनले पहिलो कार्यकाल पछि ‘टर्म’ दोहोर्याएका थिएनन्। त्यसपछि दुई बर्ष बैंकिङ बाहिरै रहेका क्षेत्रीले २०७१ जेठमा ग्रान्ड बैंक ‘जोइन’ गरेका थिए। जाने वित्तिकै संस्थागत सुशासनमा जोड दिएका क्षेत्री त्यहाँ धेरै टिक्न सकेनन्। ग्रान्डबाट उनले केही महिनामै राजीनामा दिएका थिए।
पछिल्लो तीन बर्ष बैंकिङ सम्बन्धि बिभिन्न अध्ययन, अध्यापनमा संलग्न रहेका क्षेत्रीले जनता ‘जोइन’ गरेर नयाँ चुनौती स्विकार गरेका छन्। स्थापनाको सात बर्षमा जनताबाट तीन जना सिइओ निवृत्त भइ सकेका छन्। क्षेत्रीले चौथो सिइओको रुपमा कार्यभार सम्हाल्न लागेका हुन्।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ०६:०७