सरकारलाई गल्ती गर्ने छुट छैन : विज्ञ सुरेशराज चालिसे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सरकारलाई गल्ती गर्ने छुट छैन : विज्ञ सुरेशराज चालिसे




काठमाडौं । जलवायु परिवर्तन विज्ञ सुरेशराज चालिसेले वर्तमान सरकारसामु ठूला चुनौती रहेको बताएका छन् । बालेन्द्र शाह सरकारका शासकीय सुधारका लागि १०० कार्यसूचीसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नयाँ सरकार विशेष परिस्थितिमा गठन भएको बताए । उनका अनुसार राजनीतिक परिवर्तनसँगै नेपालको राजनीतिक इतिहास नयाँ युगमा प्रवेश गरेको छ ।

उनले भने, ‘अहिले जुन नयाँ सरकार आयो त्यो एउटा अभूतपूर्व ढंगबाट आएको हो। एउटा विशेष परिस्थिति सिर्जना भयो र राजनीतिक परिवर्तनसँगै नेपाल नयाँ युगमा प्रवेश गरेको छ ।’


चालिसेले सरकारप्रति जनताको ठूलो भरोसा रहेको भन्दै गल्ती गर्ने छुट नभएको बताए । उनले भने, ‘यो सरकारलाई अत्यन्त ठूलो चुनौती छ । यो सरकारलाई गलत हुने छुट नै छैन, यत्रो जनताको भरोसा छ ।’


उनले अनावश्यक बदला र व्यक्तिगत रिस त्यागेर देशको हितमा काम गर्न आग्रह गरे। उनले भने, ‘अनावश्यक बदला र रिस नराखी देशलाई अगाडि राखेर सुशासन दिनुपर्छ। भ्रष्टाचारविरुद्धको अभियान र जनतालाई सेवा दिने प्रतिबद्धतासहित आएको सरकारले राम्रो काम गर्छ भन्ने विश्वास छ ।’

प्रकाशित : 2 April, 2026 5:09 pm