इटालियन प्रिमियम बाइक Morbidelli नेपालमा भित्रियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

इटालियन प्रिमियम बाइक Morbidelli नेपालमा भित्रियो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ।

मोर्बिडेलीका विभिन्न भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो। ‘मोर्बिडेली’ बाइकको मूल्य मोडेल अनुसार फरक–फरक रहेको कम्पनीले जनाएको छ। मोर्बिडेली T502x मूल्य १३ लाख ४९ हजार रुपैयाँ राखिएको छ। यसैगरी F352 र T352x मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ तथा टी T1002vx मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ र c252V को मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।

साथै, काठमाडौंको नक्सालमा नयाँ शोरूम सञ्चालनमा आएको छ, जहाँ ग्राहकहरूले प्रिमियम मोटरसाइकलको अनुभव लिन सक्नेछन्।

ग्राहक सेवालाई ध्यानमा राख्दै कम्पनीले हाल तिनकुनेमा सर्भिस सेन्टर सुविधा प्रदान गरिरहेको छ भने निकट भविष्यमा उत्तरढोकामा थप सर्भिस सेन्टर विस्तार गर्ने योजना रहेको छ।

प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि परिचित मोर्बिडेलीले नेपाली बजारमा उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड निर्माण गर्दै आएको छ । यसअघि समूहले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather लाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ ।

प्रकाशित : १९ चैत्र २०८२, बिहिबार १७:०४ 2 April, 2026 5:04 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।